गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
गृहमन्त्री लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् ।
गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आफ्नो काम र समस्याबारे जानकारी गराएका थिए ।
मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो र समस्या सम्बोधन गर्न र सुरक्षा संवेदनशीलताबारे सचेत रहन निर्देशन दिएका थिए ।

मुख्य समाचार राजनीति समाचार