कान्तिपुरका अध्यक्ष सिरोहियालाई जनकपुर पुर्याइयो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम पुर्याइएको छ ।
उनलाई बिपि राजमार्गबाट सिन्धुली हुँदै बुधबार बिहान जनकपुरधाम पुर्याइएको हो ।
सिरोहियालाई बिहान जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । नागरिकता सम्बन्धी अनुसन्धानका लागि मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट उनलाई पक्राउ गरिएको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज