विद्यार्थी संख्या कम भएपछि मकवानपुरगढीका ३ ओटा विद्यालय डिग्रेड

११ जेठ , मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेका ३ ओटा आधारभुत तहका विद्यालयलाई डिग्रेड गरिएको छ ।

वडा नम्बर ३ मा रहेका २ ओटा विद्यालय सरस्वती आधारभुत विद्यालय र कालिदेवी आधारभुत विद्यालय तथा वडा नम्बर ५ मा रहेको अमरसिंह आधारभुत विद्यालयलाई डिग्रेड गरिएको गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताउनुभयो ।

शिक्षा शाखा प्रमुख घलानले दिनुभएको जानकारी अनुसार कक्षा ८ सम्म अध्यापन भइरहेको वडा नम्बर ३ देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालय र सोहि वडाको कक्षा ५ सम्म संचालनमा रहेको कालिदेवी आधारभुत विद्यालयलाई कक्षा ३ सम्म मात्र संचालन हुनेगरी डिग्रेड गरिएको छ । ति दुबै विद्यालयका माथिल्लो कक्षालाई वडा नम्बर ३ मै रहेको भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । त्यस्तै वडा नम्बर ५ मा कक्षा ५ सम्म संचालनमा रहेको अमरसिंह आधारभुत विद्यालयलाई पनि कक्षा ३ मा डिग्रेड गरिएको र माथिल्लो कक्षालाई वडा नम्बर ५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।

विद्यालयहरुमा विद्यार्थी संख्या कम भएको भन्दै गाउँपालिका शिक्षा समितिको यहि जेठ ६ गते बसेको बैठकबाट ३ वटा विद्यालयलाई डिग्रेड गर्ने निर्णय गरिएको र सो निर्णय यसै शैक्षिकसत्रबाट नै लागु गरिने उहाँले बताउनुभयो ।

मुख्य समाचार शिक्षा समाचार स्थानीय