एमाले चितवनको ११औं जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन । जेठ १२ गतेदेखि १४ गतेसम्म हुने नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जनाएको छ । ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

भरतपुर महानगरपालिका -४ को ग्यालेक्सी रिसोर्टमा हुने उद्घाटन समारोहमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले जानकारी दिए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

मुख्य समाचार राजनीति समाचार