सुसाशनमा माओवादी केन्द्रको नेतृत्व प्रतिबद्ध रहेको मन्त्री मोक्तानको भनाई

राजकुमार के.सी.
मकवानपुर,२१ जेठ/ नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओबादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताउनु भएको छ । मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिका स्तरीय जनबर्गिय संगठन र मोर्चाहरु , पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले माओबादी केन्द्रको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि गणतन्त्र भएको र गणतन्त्रको बिकल्प नभएको बताउनुभयो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का  केन्द्रीय सदस्य एवम् मकवानपुरको जिल्ला ईन्चार्ज विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गर्नुभएको थियो । त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनबर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्नुपर्ने बताउनुभयो । 

संयुक्त भेलाले सुजाता फुयाँलको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल, रामकृष्ण थिङको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गठन गरेको छ। 

त्यसैगरी विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, राम शरन सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन गरेको छ। 

यसैगरी जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चा , रामचन्द्र चेपाङको अध्यक्षतामा १५ सदस्यीय चेपाङ राष्ट्रिय मुक्ति मोर्चा र शेरबहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ । 

कार्यक्रममा वाईसियल नेपाल मकवानपुरको इन्चार्ज कमल गॅाउले, माओवादी केन्द्रका प्रदेश सल्लाहकार लालसिं गुरुङ, पालिकाका पार्टी अध्यक्ष बाल कुमार मल्ल लगायतको आतिथ्यता रहेको थियो।

मुख्य समाचार राजनीति समाचार