विश्व दुध दिवस २०२४ को अवसरमा अन्तरक्रिया


१८ बैशाख, हेटौंडा – विश्व दुध दिवस २०२४ को अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा संघको कार्यालय हेटौंडा -१, चौकिटोलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् संघका सल्लाहकार नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले बालक देखि बृद्धअबश्था सम्म पनि स्वच्छ दुधको सेवनले मानव स्वास्थ्यलाई फाईदा पुग्ने भन्दै नियमित दुधको सेवन गर्नुपर्ने धारणा राख्नु भयो ।

पछिल्लो समय दुध उत्पादन गर्ने किसान समयमा भुक्तानी पाउन नसकेर ब्यवसाय बाटै पलायन हुनसक्ने अवस्था सिर्जना भएको भन्दै समयमै दुधको भुक्तानीका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य एवम् संघका सल्लाहकार बिदुर हुमागाई , बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य एवम् संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी , संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

संघका संचालक समिती , विभिन्न सदस्य संस्थाका अध्यक्ष तथा ब्यवस्थापक , संघका कर्मचारी लगायतकाको कार्यक्रममा उपस्थिति रहेकोे थियो ।


दुग्ध उद्योगलाई मान्यता दिन र दूधका फाइदाका बारेमा जनचेतना फैलाउन हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाइन्छ । सन् २००१ मा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । अहिले विश्वका धेरै देशमा यो दिवस मनाइन्छ । नेपालले भने सन् २०११ बाट यो दिवस मनाउन थालेको हो ।

यो वर्ष जेठ १९ गते शनिबारका दिन सरकारले ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध ब्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ २४ औं विश्व दुध दिवस मनाउने तयारी गरेको छ ।

मुख्य समाचार