मकवानपुरमा पर्यटन गन्तव्य घोषणा गर्न सदनमा माग गर्दै साँसद वर्तौला

मकवानपुर । प्रतिनिधि सभाको बैठकमा बोल्दै महेश वर्तौलाले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नु भएको छ ।
शून्य समयमा बोल्दै वर्तौलाले उत्तरी मकवानपुरको दामन, पालुङ, चित्लाङ, इन्द्रसरोवर लगायतको क्षेत्रमा पर्यटनको राम्रो संभावना भएकोले सरकारले पर्यटनको गन्तव्य घोषणा गर्नुपर्ने जोड दिनु भएको हो ।

उहाले भन्नुभयो–‘मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, मार्खु, कुलेखानी, सिमभज्याङ, दामन असाधारण पर्यटनको सभावना भएको क्षेत्र हो । नेपाल सरकारले पर्यटनलाई प्रबर्द्धन गर्ने नीति पनि अख्तियारी गरेको छ । पर्यटनको गन्तव्यको रुपमा चिनिएको यी स्थानहरुलाई नेपाल सरकारले देशकै पर्यटन गन्तव्यको रुपमा घोषणा गरि पर्यटन प्रबर्द्धन कार्यक्रम र बिकासको प्रक्रियाहरु अगाडि बढाउनको लागि म नेपाल सरकार संग माग गर्दछु ।

वर्तौलाले संसदमा बोल्दै सभामुख र प्रतिनिधि सभाका साँसदहरुलाई चित्लाङ, मार्खुमा लोकल माछा खाँदै इन्द्रसरोवरको तालमा डुंगा खेलेर चित्लाङको होमस्टेमा आराम गर्न निम्तो सहित अनुरोध समेत गर्नुभयो । उनले यस् अघि देखि नै थाहालाई केन्द्रमा राखेर इन्द्रसरोवर, भीमफेदी सहित कैलाशको केही भेग समेटेर उत्तरी मकवानपुरको पर्यटन विकासको लागि पहल गर्दै आइरहनु भएको छ ।

मुख्य समाचार समाचार समाज