सम्भव सिरोहियाले आरोप लगाएपछि प्रमाण ल्याउन गृहमन्त्रीको चुनौती

कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको आज दाबी गरेका थिए । सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्साएका छन् ।

आज संसदीय समितिबाट फर्किने क्रममा उनले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताएका छन् ।

उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरूबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’

सिरोहियाले कान्तिपुरमा सहकारी काण्डको समाचार लुकाउनमा र मिलाइदिनका लागि गृहमन्त्रीले अनुरोध गरेको आरोप लगाएका थिए । आफूहरूले नमानेपछि मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

मुख्य समाचार राजनीति समाचार समाज