मकवानपुरको राक्सिराङमा मानव कंकाल फेला

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ झ्याङटार बुर्जाडाँडा खोल्सामा मानब कंकाल फेला परेको छ । मानब कंकाल स्थानीय वासिन्दाहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।

ब्लु कलरको ज्याकेट र भेन्टा कलरको कुहिएको टिसर्ट लगाइएको पुरुषको जस्तो देखिने कंकाल फेला पारिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानीयले मानिसको खप्पर फेलापारी घटना स्थल मुचुल्का सम्पन्न गरी उक्त अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी तर्फ ल्याइएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय