मकवानपुरका स्याङतानसहित दुई जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१, स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङतान रहेका छन् ।

उनीहरुलाई लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय