हेटौंडा सिमेन्टका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् ।

केहीदिन अघि अध्यक्षमा नियुक्त भएका भण्डारीले बुधबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई सशक्त रुपमा स्थापित गर्ने दृढता व्यक्त गरे ।

उद्योग नजिकै रहेर आफूले उद्योगको विषयमा धेरै कुरा जानकारी लिएको भन्दै उनले उद्योग समस्यामा पर्नुका कारण पहिचान गरेर सुधार गर्नुपर्ने पक्षका विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताए ।

मुख्य समाचार राजनीति समाचार