दुग्ध उत्पादक किसानद्वारा आज डीडीसीमा तालाबन्दी गर्ने चेतावनी

काठमाडौं- लामो समय देखिको दुधको भुक्तानी नदिएको भन्दै दुग्ध उत्पादक किसानले आज (बुधबार) दुग्ध विकास संस्थान (डीडीसी) मा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 

करिब ७ महिनासम्मको दुधको भुक्तानी नपाएको भन्दै किसानले काठमाडौँको लैनचौरस्थित डीडीसीमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । 

दुग्ध उत्पादक किसानहरूले कालो पट्टी बाँधेर दुध संकलन केन्द्र र दुग्ध सहकारी संस्थाहरूमा विरोध गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका संचालक सदस्य बिदुर हुमागाईले बताउनुभयो ।  यो आन्दोलनमार्फत पनि रकम भुक्तानी नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी रहेको हुमागाईले बताउनु भएको छ ।

आन्दोलनका लागि देशैभरीबाट किसान प्रतिनिधि काठमाडौंमा जम्मा हुँदैछन् । देशैभरीका किसानले डीडीसी मार्फत करिब २ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । 

मुख्य समाचार