हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे पिपलबोटबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको एकडाँडा गाउँपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ ख १९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज स्थानीय