बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामर्थ्य देखाउनुपर्छ : प्रमुख सचेतक बर्तौला

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताएका छन्

 

मङ्गलवार प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताएका हुन्।

उनले बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न सरकारले आफ्नो सामर्थ्य देखाउनुपर्ने बताए। उनले आएका सुझावलाई अब आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका वेला समेटेर अघि बढ्ने बताए।

उनले भने‚ ‘योपटक जुन बजेट पारित भएको छ, यसलाई शतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ। हामी लाग्छौँ। अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो। बजेट शतप्रतिशत कार्यान्वयन गर्ने तहमा सरकारले आफ्नो सामर्थ्य देखाउनुपर्छ। अहिले आएका सुझावलाई अब २०८२।०८३ को बजेट निर्माणका वेला यसलाई समेटेर अघि बढ्छौँ।’

बजेट छलफलका क्रममा जेजस्ता कुरा उठे पनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ

मुख्य समाचार राजनीति समाचार