सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो ।
छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ समाचार समाज