एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता भएको छ ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नै नेपाल आएका वेइतोङबीच एमाले पार्टी कार्यालय च्यासलमा भेट भएको हो ।
भेटमा उनीहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

 

 

मुख्य समाचार राजनीति समाचार