सांसद देवकोटालाई संसद प्रवेशमा रोक

सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार प्रदेशसभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन् ।
आफूलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले बताए। ‘अदालतले आदेश दिएकाले म प्रदेशसभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन। म अहिले बाहिर छु,’ उनले भने ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । (देशसंचारबाट)

मुख्य समाचार राजनीति समाचार