मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.३ सिस्नेरीमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक मुगु घर भएको बर्ष २० को हस्त वि.सि. पछाडी सवार काभ्रे रोसी गाउँपालिका–२ वस्ने बर्ष १६ को शक्ति तामाङ र मुगु घर भएको बर्ष १८ को देवि कृष्ण बि.क. रहेका छन् ।

भिमफेदी कुलेखानी सडकखण्डमा काठमाण्डौबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०२–००४ प.१०७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरुले घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाईते ३ जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय