सिद्धस्थली अस्पतालमा अाजबाट २४ जना अट्ने अपाङ्ग मैत्री लिफ्ट सञ्चालनमा

मकवानपुरको हेटौडा मा सिद्धस्थली अस्पताल सञ्चालनमा आएको छ। सुविधा सम्पन्न भवन रहेको यस अस्पतालले अपाङ्ग मैत्री सेवा प्रदान गर्ने उद्देश्यले अाजबाट २४ जना अट्ने लिफ्ट पनि सञ्चालन ल्याएको छ।

सिद्धस्थली रुलर कम्युनिटी हस्पिटलद्वारा सञ्चालित यो अस्पताल १५ सैयाको रहेको छ।

अस्पतालले जनरल बहिरङ्ग, आकस्मिक सेवा, दन्त सेवा, स्किन केयर सेवा, प्रयोगशाला सेवा ,फार्मेसी सेवा, अन्तरङ्ग सेवा, पेइङ क्लिनिक, खोपसेवा, एक्सरे ,अल्ट्रासाउन्ड, इसीजी सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ।

सिद्धस्थली अस्पताल गैर नाफामुखी परोपकारी अस्पताल रहेकाले ग्रामीण दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब र सेवा नपुगेकाहरूलाई दिगो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको   यस अस्पतालले  प्रकोपमा मानवीय सहायता प्रदान गर्नुका साथै स्वास्थ्य सुरक्षा जीविकोपार्जन सहज बनाउन प्रशिक्षण, वातावरण संरक्षण गर्न दिगो पहलमा पनि काम गर्ने अस्पतालले जनाएको

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य