हेटौंडामा हेलो सेवा प्रालिद्वारा घरघरमा सेवा दिन सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा कार्यालय रहेको हेलो सेवा प्रालिले घरघरमा सेवा दिन सुरु गरेको छ । आज कार्यालयको उद्घाटन् गरेसंगै यस कार्यालयले सेवा दिन सुरु गरेको हो ।

कार्यालयको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले यस कार्यालयसंग सहकार्य गरेर काम गर्न स्थानीय सरकार तयार रहेको बताए । यो काम अत्यन्तै राम्रो पनि रहेकाले नगरवासीका लागि खुसीको कुरा रहेको बताए ।

हेलो सेवा प्रालिले हेटौंडामा बिभीन्न घरायसी व्यावसायीक र औद्योगिक प्राबिधिक समस्या परेमा घर वा कार्यालयमै गएर सेवा दिइने उदेस्यले यो नयाँ कार्यालय खोलीएको कम्पनिका सञ्चालक फडिन्द्र तिमल्सीनाले बताए ।

यस कम्पनिको कार्यालय आज बिधिवत रुपमा उद्घाटन् भएसंगै वार्षिक रुपमा ग्राहक बनेर इलेक्ट्रोनिक, प्लम्बिङ, कारपेन्टरी, इभेण्ट, म्यानेजमेन्ट सेवा, कम्प्युटर, नर्सरी,तथा गार्डेनिङ, सिभल मर्मत, कोठा, घर भाडामा लिने दिने लगायतका सेवाहरु दिइने तिमल्सीनाले बताए ।

हेटौंडाका घरधनी, व्यावसायीक कम्प्लेक्स र सरकारी, गैरसरकारी संस्थाहरुले आफ्ना आवस्यक्ता अनुसार ग्राहक बनेर यो सेवा लिन सक्ने कम्पनिका अर्का सञ्चालक दिपक सुवेदीले बताए । कुनैपनि व्यक्तीले ग्राहक बन्दा कार्यालयमै आएर वा बजार प्रतिनिधिहरुसंगको समन्वयमा सकिने अर्का सञ्चालक देबु प्रसाद चौलागाईले बताए ।

मुख्य समाचार राजनीति समाचार