मकवानपुरको सुनाचुरीमा लडेका बारा कोल्हवीका रामको मृत्यु

हेटौंडा। मकवानपुरको मनहरीमा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ।

बिहीबार अपरान्ह मकवानपुरको मनहरी ६ सुनाचुरी पेट्रोल पम्प नजिकै बाराको कोल्हवी – ८ मधुवन घर भइ हाल चितवन खैरेनी – ९ सिमलटाँडी स्थितमा लेबर काम गरी वस्ने अन्दाजी ३०/३२ वर्षीय पुजन राम (पुरुष) लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाइएको ज्यान गएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन् ।

लडेको अवस्थामा निजको भाई नाता पर्ने राजेश रामले फेला पारी  सुनाचुरी प्रहरीको सहयोगमा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो।घाइतेको दाहिने आँखी भौँ माथी भित्री चोट रहेको र उपचारको क्रममा  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा ज्यान गएको जनाइएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ।

समाचार समाज स्थानीय