कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी हुने

हेटौंडा । कांग्रेस-एमाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गरेका थिए । भेटवार्तामा नाउपा पनि कांग्रेस-एमाले गठबन्धन सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराएका छन् ।
संघमा अध्यक्ष रन्जिता श्रेष्ठसहित नाउपाका चार सांसद रहेका छन् ।

मुख्य समाचार राजनीति समाचार