नारायणी नदीमा पानीको बहाव बढ्यो

, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।
देवघाटमा रहेको मापन केन्द्रले मध्यान्ह १२ सम्मको मापन अनुसार नदीमा पानीको वहाव ८ दशमलव ९ मिटर पुगेको जनाएको छ । देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

पानीको बहाव खतराको संकेत पुगेपछि बस्तीमा बाढी पस्ने खतरा हुन्छ । गैँडाकोट नगरपालिका, भरतपुर महानगरपालिकाहरुले नदी किनारका आसपासमा रहने नागरिकले विशेष सतर्कता अपनाउन नवलपुर र चितवन प्रशासनले स्थानीयलाई अनुरोध गरेको छ ।

समाचार समाज स्थानीय