एमालेका अध्यक्ष ओलीका अंगरक्षकको मृत्यु

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापा रहेका छन् ।
सूर्यविनायकस्थित आफ्नै निवासमा खाना खाएर शुक्रबार राति सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएको र उपचारका लागि भक्तपुर अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको शनिबार निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुर प्रवक्ता राजन कार्कीले जानकारी दिए ।
हृदयघातका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्ट पछि विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ । थापा शुक्रबार ड्युटी सकेर घर आएका थिए ।

मुख्य समाचार समाचार समाज