दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

पत्रकार सन्तोष दाहाल सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। तेश्रो काव्य म्युजिक अवार्ड २०८१ को अवसरमा प्रणाम खबरका पत्रकार दाहाल सम्मानित भएका हुन्।

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनलाई पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्मानपत्र हस्तान्तरण गरे।

विगत लामो समयदेखि पत्रकारितामार्फत निरन्तर रुपमा संचार जगत मार्फत लोक साहित्य , लोक कला , संस्कृतिको संरक्षण सम्बर्द्धन, खोज अनुसन्धान र कलाकारहरुको श्री बृद्धिका निम्ति सकृय रुपमा योगदान दिएकाले दाहाललाई सो कदरबाट सम्मानित गरिएको काब्य म्युजिक सेन्टरले जनाएको छ ।

मुख्य समाचार समाचार समाज