प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनेबारे संसदमा जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते संसदमा विश्वासको मत लिनेबारे जानकारी गराएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको बताए ।
सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका छन् ।

मुख्य समाचार राजनीति समाचार