जिल्ला बिपद ब्यबस्थापन बिभागको आयोजनामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


बिभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य एवं संबिधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु रामचन्द्र राइ र नवराज तिमल्सिना, नेकपा एमाले जिल्ला
अध्यक्ष श्रीधर पोखरेल, सचिब सीता बिष्ट, जिल्ला सदस्यहरू सुमित्रा पान्डे, सन्तोस पौडेल, मिलन पाठक,आकाश अधिकारी, दिलु घर्ती, किताप सि. लामा, लेखा आयोगका उपाध्यक्ष नितेश लामिछाने, नगर सचिवालय सदस्य कवि रेग्मी तथा सुरेश बेरोजगार लगायतको उपस्थिती रहेको थियो ।


नेकपा एमाले मकवानपुरले प्राकृतिक प्रकोप तथा अन्य बिपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न स्वंमसेवक टोलि तयार गरिएको हो ।
नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ५० जना स्वंमसेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले जानकारी दिनुभयो ।
प्रमुख दाहालले जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपदमा स्थानिय प्रशासन एवं स्थानिय सरकारसङ्ग समन्वय एवं सहकार्य गरेर स्वंमसेवक परिचालन गर्ने बताउनुभयो ।
तालिमलाइ लक्ष्मण भट्टराई तथा रामजी खतिवडाले सहजिकरण गर्नुभएको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज