नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा कांग्रेस-एमालेको अब बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट मन्त्री बनाउँदा आवश्यक पर्ने मापदण्डबारे छलफल हुने सचिव पद्‌मा अर्यालले जानकारी दिइन् । बैठकमा पालिका, जिल्ला र प्रदेश अधिवेशनबारे पनि छलफल तथा समीक्षा हुनेछ ।
संगठन तथा अधिवेशनका लागि भूगोलमा खटाएका नेताहरूलाई फर्काएर नयाँ जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुने सचिव अर्यालले बताइन् । उनका अनुसार सचिवालय बैठकले केही नेताहरूको जिम्मेवारी पनि हेरफेर गर्नेछ ।

मुख्य समाचार राजनीति समाचार