हेटौंडा । नवलपुरकाे गैडाकाेट-१ स्थित नारायणी नदीमा ३ जनाकाे शव फेला परेकाे छ ।
गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएकाे हाे । शवकाे पहिचान हुन सकेकाे छैन ।
शव बाढीले बगाएर ल्याएकाे हुन सक्ने अनुमान गरिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए ।