एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित

। नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । बैठक बुधबार बिहान  ११.०० बस्ने गरी बैठक स्थगित भएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेको र बोल्न समस्या हुने भएकाले बैठक स्थगित भएको जनाइएको छ ।

 

मुख्य समाचार राजनीति समाचार