रास्वपाले महामन्त्री ढकाललाई पार्टीको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।
उनी अब साधारण सदस्य कायम रहने भएका छन् । असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासन बारे महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो ।
केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयबारे पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।

मुख्य समाचार राजनीति समाचार