के हो हाइड्रा फेसियल, किन बढिरहेको छ माग ?

 

सौन्दर्यको लागि अनुहारमा धेरै प्रकारका क्रिमहरु प्रयोग गर्ने गरिन्छ । महिलाहरु आफ्नो सौन्दर्यप्रति बढी नै संवेदनशील हुन्छन् । यसका लागि उनीहरु थ्रेडिङ्ग गर्ने, क्लिनजिङ गर्ने, फेसियल गर्ने गर्छन् । अनुहारको छालामा चमक ल्याउन र सुन्दर बनाउनका लागि फेसियल गरिन्छ ।

हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालमा पहिलो पटक हाइड्रा फेसियल सेवा सन्चालनमा  आएको हो । हेटौँडामा पहिलो पटक अत्याधुनिक मेशिनका साथै यो हाइड्रा फेसियल सेवा सन्चालनमा आएको छ ।   विदेशमा अध्ययन गरेर फर्किएका दक्ष तथा अनुभवी चिकित्सकहरुदारा यो  सेवा प्रदान भईरहेको छ ।

विशेषगरी फेसियल ब्यूटी पार्लरमा गरिन्छ तर छालाको प्रकार र समस्या अनुसार स्किन क्लिनीकमा पनि फेसियल गर्न सकिन्छ । नर्मल फेसियलहरु विभिन्न प्रकारका हुन्छन्ः गोल्ड फेसियल, एरोमा थेरापी फेसियल, एन्टी एजिङ्ग फेसियल । यी फेसियलहरु न्जिकैको ब्युटी पार्लरमा गर्न सक्नुहुन्छ । तर अहिले धेरै महिलाहरुको रोजाईमा हाइड्रा फेसियल पर्छ ।अनुहारलाई चम्किलो र सुन्दर बनाउने हाइड्रा फेसियल आजकल धेरै महिलाको रोजाइमा परेको छ । हाइड्रा फेसियल कम्पनीका अनुसार यो फेसियल प्रविधि नेपालसहित ८० भन्दा बढी देशमा प्रयोगमा छ ।

फेसियल प्रायः हातकै कसरतले गरिन्छ । तर हाइड्रा फेसियलमा भने हातको नभई प्रविधिको बढी प्रयोग हुन्छ ।

के हो हाइड्रा फेसियल ?

हाइड्रा फेसियल मल्टिस्टेप फेसियल विधि हो । नयाँ प्रविधिको माध्यमबाट अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउने भएकाले यो अन्य फेसियल विधिभन्दा फरक छ । यसमा केमिकलको न्यून मात्रामा प्रयोग गरिन्छ । छालाको प्रकार र समस्या अनुसार भिटामिन र सेरमको प्रयोग गरी फेसियल गर्नु यसको खास विशेषता हो । एउटा पेनको माध्यमबाट छालाभित्र मोइस्चराइजर वा सेरम पठाइन्छ ।

हाइड्रा फेसियल नै किन गर्ने ?

प्रविधिको माध्यमबाट अनुहारको छालामा रहेको फोहोर तथा मृत छालालाई निकाली चमक ल्याउन हाइड्रा फेसियल गर्न सकिन्छ । छालाको प्रकार र समस्या अनुहार हाइड्रा फेसियल गर्न सकिन्छ । यो सबै प्रकारका छालाको लागि गर्न सकिन्छ ।

कसरी गरिन्छ ?

यसमा मूलतः तीन काम गरिन्छ- डिपक्लिंजिङ, एक्सफोलिएट र हाइड्रेसन ।

-सबैभन्दा पहिले क्रिम, पाउडर वा फाउन्डेसन हटाएर सजिलै फेसियल गर्न सकिने गरी अनुहार सफा गरिन्छ ।

-त्यसपछि अनुहारमा स्क्रब गरेपछि भिटामिन सी, एन्टिअक्सिडेन्ट सेरमयुक्त क्रिमले मसाज गर्ने र केही समय अनुहारलाई ठण्डा पार्न छोडिन्छ । यसले अनुहारलाई भित्रैदेखि सफा बनाउँछ ।

-मेसिनले अनुहार सफा गरेपछि हाइड्रा मास्क लगाइन्छ । २० मिनेट छोडेर अनुहारमा अन्तिममा सिरम लगाइन्छ । भित्र पुगेर सिरमले छालालाई मुलायम बनाइराख्छ ।

-यो विधि पूरा गर्न कम्तीमा एक घण्टा लाग्छ । छाला अत्यन्त कमजोर र संवेदनशील छ भने पहिला नै धर्सा आउँछ । यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा फेसियलमा मसाज कम र मेसिनको प्रयोग बढी गरिन्छ ।

ब्यूटि पार्लर गर्ने फेसियल र स्कीन क्लिनीकमा गरिने हाइड्रा फेसियलमा फरक के छ ?
– छालामा यसले गर्ने काममा धेरै फरक पर्छ ।
– हाइड्रा फेसियल एउटा नयाँ प्रविधि भएकाले यसले छालालाई राम्रो गर्छ ।
– छालाको प्रकार अनुसार यसमा नदेखिने प्वाल बनाएर औषधिहरु पनि पठाउन सकिन्छ ।
–  धूवाँ–धूलो र प्रदूषणले छालालाई धेरै असर गर्छ । ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्दा राम्रो हुन्छ ।
– व्यक्तिको छाला र रोग अनुसार हाइड्रा फेसियल गर्न मिल्छ ।
– हाइड्रा फेसियल छाला रोग विशेषज्ञहरुले गर्छन् ।

फाइदा

-धुलोधुँवा र प्रदूषणले छालालाई धेरै असर गर्छ । ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्नु राम्रो हुन्छ ।

-यसले छालाको भित्री तहसम्म राम्ररी सफा हुन्छ ।

-अनुहारलाई मुलायम र हाइड्रेट राख्छ ।

-छालालाई चम्किलो बनाउँछ ।

-अनुहारमा देखिने छिद्रहरूलाई बन्द गराउँछ ।

-चाउरी न्यूनीकरण गरेर छालालाई कसिलो बनाउँछ ।

-कालो दाग धब्बा हटाउँछ ।

-कोलेजन उत्पादन बढाउँछ ।

उमेर समूह र समयावधि

१८ वर्षभन्दा माथिका जुनसुकै उमेरमा हाइड्रा फेसियल गराउन सकिन्छ । तर, कलिलै उमेरमा अनुहारमा डन्डीफोर आएमा र छाला अत्यन्त सुख्खा हुँदा पनि हाइड्रा फेसियल गराउनु उपयुक्त हुन्छ ।

एकपटकको हाइड्रा फेसियलले अनुहारलाई सफा गरी राम्रो नतिजा दिन्छ । तर अनुहारको चमक र स्वस्थ कायम गर्न भने पटक-पटक गराउनुपर्छ । यो केमिकलविहिन प्रविधि भएकाले जति गराए पनि अनुहारमा असर पर्दैन । राम्रो नतिजाको लागि सामान्यतयाः २० देखि २५ दिनमा हाइड्रा फेसियल गराउनु उपयुक्त हुन्छ ।

खर्च

सामान्यतया हाइड्रा फेसियलको शुल्क चार हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार सेवा शुल्कमा फरक आउँछ । हेर्दा अन्य फेसियलभन्दा शुल्क महँगो लाग्न सक्छ । तर यो विधि केमिकल नमिसाई लामो समयसम्म अनुहारलाई स्वस्थ बनाउने भएकाले तुलनात्मक रूपमा अलि खर्चिलो देखिन्छ ।

हाइड्रा फेसियल गरेको कति समयपछि यसको नतिजा देखिन थाल्छ ?
– अनुहारमा चमक ल्याउन गरिएको हाइड्रा फेसियल हो भने तुरुन्तै प्रभाव देखिन्छ ।
– चाउरीपन, छालामा रहेका छिद्रहरु, कालो दाग धब्बा हटाउन गरिएको हो भने तीनदेखि चार पटक गरेपछि प्रभाव देखिन थाल्छ ।

हाइड्रा फेसियलले छालामा कुनै असर गर्छ-गर्दैन ?
– छालाको समस्या हेरेर हाइड्रा फेसियल गरिने भएकाले असर गर्दैन ।
– यदी पिलिङ गरिएको छ भने सिधै घामको सम्पर्कमा जानु हुँदैन ।
– हाइड्रा फेसियल गरिसकेपछि छालाको प्रकृतिअनुसार सनक्रिम लगाउनुपर्छ ।
– हाइड्रा फेसियल गरेपछि केही समयसम्म रातो हुने भने हुनसक्छ ।

के हाइड्रा फेसियल पुरुषहरुले पनि गर्न मिल्छ ?
–हाम्रोमा फेसियल या सौन्दर्यसम्बन्धी सामाग्री भन्ने बित्तिकै महिलालाई टार्गेट गरिन्छ । तर हाइड्रा फेसियल महिला र पुरुष दुबै जनाको लागि प्रभावकारी देखिएको छ ।
–नेपालमा यो प्रविधि भित्रिएको तीन वर्ष जति भए पनि विदेशमा भने धेरै लामो समयदेखि प्रचलनमा थियो ।

कुन अवस्थामा गर्नुहुँदैन हाइड्रा फेसियल ?

-हाइड्रा फेसियल गर्भवती महिलाहरूले गर्न हुँदैन ।

-सबै प्रकारका छालाका लागि उपयुक्त भए पनि स्किन एलर्जी भएकाले गर्न नमिल्ने पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ।

ध्यान दिऔं

-अनुहारको समस्या हाइड्रा फेसियलले मात्र समाधान गर्न सक्दैन । पर्याप्त पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने, कम्तीमा आठ घण्टा सुत्ने र शारीरिक व्यायामलाई जोड दिएमा अनुहार चम्किलो, स्वस्थ र उज्यालो देखिन्छ ।

-हाइड्रा फेसियल गरिसकेपछि छालाअनुसार हेरचाहमा ध्यान दिनुपर्छ ।

 

 

मुख्य समाचार समाचार समाज स्थानीय