साउदीमा राहदानी नवीकरण तथा वितरण

साउदी : साउदीको दमाम सहरमा जुलाई १२ र १३ तारिखमा राहदानी नवीकरण फारम संकलन तथा नवीकृत राहदानी वितरण सम्पन्न भएको छ।

 

अधिकांश नेपालीहरू कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको सहर दमाममा दुई दिने अस्थायी शिविरमार्फत १ हजार २२ जनाको राहदानी नवीकरणका लागि फारम संकलन र १९९ जनाको नवीकृत राहदानी वितरण गरिएको छ।

दूतावासको आग्रहमा साउदीमा रहेका एनआरएन लगायत विभिन्न संस्थाहरूको सहकार्य र सहयोग भए तापनि अझै पनि राहदानी कार्यमा सहजीकरण भएको छैन।

मुख्य समाचार समाचार