मुकुल ढकाललाई स्वर्णिमद्वारा आक्रमणको धम्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफुमाथि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आक्रमणको धम्की दिएको बताएका छन् । सामाजिक सञ्जालमा उनले रास्वपा उपसभापति वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका– ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ। मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ जस्ता धम्की दिएको उल्लेख गरेका छन् । उनले धम्कीबारे शनिबार राति नै इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताए ।
ढकालले संचारकर्मी टिकाराम यात्रीसंगको भिडियो अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछानेले भारतीय पक्षले लामिछानेलाई देशको प्रधानमन्त्री बनाईदिए जस्तोसुकै काम गर्न तयार रहेको बताएको र र उपसभापति स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने भनेको अभिव्यक्ति दिएका थिए ।

 

मुख्य समाचार राजनीति समाचार