शेखर-गगन समूहबाट मन्त्रीमा ४ जनाको नाम छनौट

हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।
नेता शेखर कोइराला समूहको बैठकले चार जनाको नाम छानेको हो ।
यो समूहबाट प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरी मन्त्री बन्ने भएका छन् । उनीहरूको नाम सभापतिलाई बुझाइएको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार