संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक आह्वान

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक आह्वान गरिएको छ ।

जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी बोलाइएको छ ।

त्यस्तै, आजै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।

मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।

सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार