प्रधानमन्त्रीको नियुक्ती कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट

प्रधानमन्त्रीको नियुक्ती कानुन अनुसार नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको  छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठन हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेर संविधानकै धारा मिचेको रिट दायर गर्ने अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताको दाबी छ । एउटा धाराबाट प्रधानमन्त्री नबन्ने भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था रहेकोमा राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको रिटमा जिकिर गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार