प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा डा. खतिवडा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनीहरूलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।

 

एमालेका उप–महासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । ओली प्रधानमन्त्री नभएको बेलामा पनि रिमालले उहाँको राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आउनुभएको थियो । रिमाल जिफन्टको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

 

यस्तै पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री हुनुहुन्थ्यो । अर्थमन्त्रीबाट हटेपछि उहाँ अमेरिकाका लागि राजदूत नियुक्त हुनुभएको थियो ।

मुख्य समाचार राजनीति समाचार