प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एकीकृत समाजवादीको ह्विप

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

संसदमा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न समाजवादीले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।

प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्वीप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

 

सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने चौधरीले बताए ।

विश्वासको मत नदिए पनि प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने सो पार्टीको निर्णय छ ।

मुख्य समाचार राजनीति समाचार