बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिएराजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश प्रमुख यादवचन्द शर्मासमक्ष पदबाट राजीनामा दिएका हुन् ।

नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेको उनले आइतबार बसेको प्रदेश सभालाई सम्बोधन गरेका थिए ।

सो क्रममा उनले अविश्वासको प्रस्तावलाई छलफल गर्नुअघि आफुले मार्ग प्रशस्त गर्नेगरी निकास दिने घोषणा गरेका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार