पहिरोका कारण अवरुद्ध कान्तिलोपथमा पुनः यातायात संचालन

कान्तिलोकपथ सडकखण्डमा पुनः संचालनमा आएको छ । गएराति आएको पहिरोका कारण अवरुद्ध हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गको रुपमा चिनिने उक्त सडकखण्डमा आज विहानदेखि यातायात पुनः संचालनमा आएको हो ।

विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा गएको पहिरो हटाई बिहानैदेखि यातायाता संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति आएको वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका वडा नम्वर ३, छवेलीस्थित ठूलो पहिरो हटाई हेटौंडातर्फको यातायात सेवालाई संचालनमा ल्याइएको छ ।

यस्तै, ललितपुर र मकवानपुर जिल्लाको सिमाना नजिकै पर्ने छबेलिमा पहिरो जाँदा हिजो बेलुका ९ बजेदेखि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको ठिंगन प्रहरीले जनाएको छ ।

कान्तिलोकपथ अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ न्यासुरमा राति गएको पहिरो हटाई आज विहानदेखि यातायात संचालनमा आएको छ ।

यसैबीच त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातिर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडकहरु संचालनमा नै रहेको जनाइएको छ ।

समाचार समाज स्थानीय