बागमतीका कृषिमन्त्री श्रेष्ठद्वारा प्रगति विवरण सार्वजनिक

 

हेटौडा । बागमतीका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले आफुले मन्त्रालयको कार्यभार सम्हालेपश्चात भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १४ महिने कार्यकालको प्रगति र आगामी आर्थिक वर्षका लागि समेटिएको योजनाहरु सार्वजनिक गर्नु भएको हो ।

यस अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क रुपमा खोप लगाइएको बताउनुभयो । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाईएको छ ।

भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि ११ लाख ४२ हजार ३ सय २७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको जनाईएको छ । मत्स्यपालन क्षेत्र विस्तार तथा उत्पाकत्व वृद्धि गर्न १७।२९ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरि मत्स्य पालन गरिएको , पशु तथा क्लिनिक सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको, बागमती प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको लगाएतका उपलब्धिहरु भएको बताईएको छ ।

 

मुख्य समाचार राजनीति समाचार