फाष्ट ट्रयाकको सुरुङमा ढुङ्गा लागेर एकको मृत्यु

मकवानपुरको बकैयामा फास्ट ट्रयाकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु एक जना गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो मकवानपुरको बकैया १२ स्थित चालिसेडाँडामा काठमाडौं निजगढ फास्ट ट्रयाकको सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले बारा निजगढ घर भएका अन्दाजी २७/२८ को बिमल थिङको ज्यान गएको र निज सँगै काम गर्ने तनहुँ घर भएका काम गरी बस्ने अन्दाजी २७/२८ वर्षीय राजु बिक गम्भीर घाइते भएका हुन्।

थिङको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते विकको हेटौंडा ११ मा रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले जनाएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार समाज स्थानीय