हेटौंडामा श्रीमतीको हत्या गरि श्रीमानद्वारा आत्महत्या

हेटौंडामा एक श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् ।

हेटौंडा-५ भित्र चिसापानीमा ६२ बर्षीय केशव भण्डारीले श्रीमती ५६ बर्षीय अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् । श्रीमतिको धारिलो घरेलु हतियारले हत्या गरि उनले झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोको प्रहरी टोली अहिले घटनास्थलमा रहेको र अनुसन्धान भइरहेको जनाइएको छ।

समाचार समाज स्थानीय