घाइते पाइलटको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

 आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट घाइते भएका क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझ्न, प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल सिनामंगलमा पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली घाइते क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझन आज साँझ केएमसी अस्पताल पुग्नु भएको हो ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।विमानमा सवार १८ जनाको शव  शव पोसमार्टनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

मुख्य समाचार राजनीति समाचार