नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी तोलामा ५५ रुपैयाँले घटेरएक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ समाचार समाज