प्रधानलाई आयुक्तमा नियुक्ति नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहार आरोपमा विवादित बनेका कृष्णमान सिंह प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्ति नगर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव टिकाराम पोखेरलले एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह हुन् । विज्ञप्तिमा विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर्न सरकारसँग आग्रह गरिएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिमा सदस्यहरु प्रधानलाई निर्वाचन आयुक्तमा प्रस्ताव गर्न सहमत नभएपछि अर्को बैठकले निर्णय गर्ने भनिएको छ ।
सुनुवाइ समिति अनिर्णित भएका बेला मानव अधिकार आयोगले पनि विज्ञप्ति जारी गरेर विवादित छवि भएका व्यक्तिलाई निर्वाचन आयुक्तमा नियुक्त नगर्न भनिएको छ ।

मुख्य समाचार समाचार समाज