बागमतीमा मन्त्रिपरिषद् विस्तार, आर्थिक मामिलामा प्रभात तामाङ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री छन् ।

 

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार