मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव पदमा नियुक्त गरेको हो ।

 

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।

मुख्य समाचार राजनीति समाचार