मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा यादव

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा शिवराम यादव नियुक्त भएका छन्।

प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ।

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादवले मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधि गरेका छन्। यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त भएका थिए।

५ महिनादेखि लोक सेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा छनोट प्रक्रिया अवरुद्ध भएको थियो।

विसं २०७६ भदौ ४ मा प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो।

समाचार समाज स्थानीय